सहकारी बिशेष

मनकामना साकोसको वित्तीय साक्षरता कार्यक्रम नालामा

श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ५ काभे्रको आयोजनामा बनेपा ४ नालामा वित्तीय साक्षरता तथा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गत बैशाख ४ गते चामुण्डा पार्टी प्यालेस नालामा सम्पन्न गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वार्षिक क्यालेण्डर बमोजिम विभिन्न कार्यक्रम गर्दै आएको मनकामनाले नाला भेगका जनसमुदायहरुलाई निमन्त्रणा गरी करिव १२५ जनाको सहभागितामा सोही भेगका ५ वटा माध्यामिक विद्यालयलाई समेटी हरेक विद्यालयवाट २–२ जना भाई बहिनी हरुलाई सामाजिक तथा आर्थिक विकासमा सहकारीको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता गराई विध्यालय स्तरसम्म सहकारीलाई जोड्न प्रयास गरेको थियो । सो कार्यक्रमको सभापतित्व शिक्षा उप–समितिका संयोजक शम्भु प्रसाद घिमिरे रहनुभएकोमा प्रमुख अतिथिको रुपमा बनेपा न.पा. वडा नं. ३ का वडाध्यक्ष कृष्ण प्रसाद दाहाल तथा विशिष्ट अतिथिमा संस्थाका अध्यक्ष बालकृष्ण दाहाल, पनौती न.पा. कृषि तथा पशुपंक्षी विभागका प्रमुख भेटेरीनरी अधिकृत मणि प्रसाद सापकोटा, बनेपा ३ का महिला वडा सदस्य मैया दाहाल लगायतको सहभागिता रहेको थियो । वित्तीय साक्षरता अन्तर्गत संस्थाको प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले आफ्नो प्रस्तुती राख्नुभएको थियो । वक्तृत्वकला प्रतियोगितामा चण्डेश्वरी मा.वि. की छात्रा प्राप्ती पराजुली प्रथम भएकी थिईन भने दोस्रो स्थानमा शुभ चामुण्डा मा.वि.का छात्र सानु आयुस तामाङ दोस्रो भएका थिए भने तेस्रो स्थानमा लिङ्कन इन्टरनेसनलकी छात्रा हुन सफल भएकी थिईन । कार्यक्रममा स्प्रिङहिल बोर्डिङ स्कुल तथा प्रभात मा.वि.को सहभागिता रहेको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य रामहरि शर्मा दाहाल, शुभकामना मन्तव्य शुभ चामुण्डा मा.वि.का शिक्षक राम प्रसाद दाहाल, बनेपा ३ कि महिला सदस्य मैया दाहाल, भ्ेटरीनरी विज्ञ मणि प्रसाद सापकोटा, संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल , संस्थाका अध्यक्ष बालकृष्ण दाहाल तथा प्रमुख अतिथि बनेपा ३ का वडाध्यक्ष कृष्ण प्रसाद दाहालले राख्जुभएको थियो । सो कार्यक्रममा संस्थाको शेयर सदस्यता प्राप्त गर्न इच्छुक १८ जनालाई संस्थाका कर्मचारीहरुले सदस्यता प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *