सहकारी बिशेष

स्वर्ण लक्ष्मी साकोसको बाह्रौ बार्षिक साधारण सभा सम्पन्न

बनेपा । बनेपामा रहेको प्रतिष्ठित सहकारी स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो बाह्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत कार्यकालमा पनि सहकारी विकासमा उत्कृष्ट भुमिका खेल्नु भएको अध्यक्ष कृष्णलाल श्रेष्ठले यस कार्यकालमा पनि पुनः अध्यक्ष बन्नु भएको छ ।

सहकारीमा साधारण सभा सम्म दुई हजार एक सय एघार जना शेयर सदस्यहरु रहेका छन् । शेयर पुँजी दुई करोड बिस लाख साठि हजार तीन सय रुपैया रहेको छ । बचतमा तेह्र करोड तिरसठ्ठि लाख पच्पन्न हजार दुई सय दश रुपैया रहेको छ भने कर्जा लगानीमा दश करोड छैसठ्ठि लाख एघार हजार नौ सय छयानब्बे रहेको छ । हाल सहकारीको नीति सम्पत्ती सत्र लाख बयानब्बे हजार चार सय आठ रहेको छ । बार्षिक कुल आम्दानी एक करोड चौरानब्बे लाख एकहत्तर हजार आठ सय नौ रुपौया रहेकोमा कुल खर्च एक करोड सत्तरी लाख बिस हजार सात सय तीस रहेको छ ।

स्वर्ण लक्ष्मीले यस अगाडि आफ्नो सेवा केन्द्र नमोबुद्ध नगरपालिकाको भकुण्डेमा र मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेशीमा समेत विस्तार गरिसकेको सहकारीका प्रबन्धक रोहिष कायस्थले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *