समाचार

युवाउद्यमी राकेश जोशी एन आर एन ए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदको उमेदवार

 

काभ्रे – प्रत्येक काम जुनमा युवाको सम्लग्नता हुन्छ त्यो सफल हुन्छ। राजनितिमा युवाकोसमग्लनताले नै भोलिको दिनमा उज्यालो ल्याउने गर्छ। एस्तै उज्यालो ल्याउनकोनिम्ति एन आर एन ए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिवको पदका लागि उमेदवारी दिएका छ्न राकेश जोशीले । यहि आउदो शनिबार अर्थात् ३१ जुलाइमा हुन गैरहेको चुनव कोभिड १९ को बड्दो प्रकोपले गर्दा अन्लाइन हुने भएको छ ।

राकेश जोशी समाजमा चिरपरिचित नाम हो। बिभिन्न सामाजिक काममा सम्लग्नजोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन्। उनिभूकम्प, भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपलमा भइरहेको बाढी रपहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिककार्यहरूमा संलग्न छन्। उनि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा संलग्नछन। उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यहाँ मानसिक स्वास्थ्य रशैक्षिक प्रश्नहरूको लागि समर्थन गर्दै आएका छन्। उनका इभेन्टहरूमा स्थानीयएमपीको संलग्नता देखिन्छ जसले अस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्धबलियो बनाउन मद्दत पुर्‍याउँछ।​​ युवा उद्यमशीलता मा पदोन्नति,अष्ट्रेलियामा नेपाली संस्कृतिकोप्रवर्धन,एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने,अस्ट्रेलिया रनेपाल दुबैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने, अस्ट्रेलियामा मुख्यतः नेपाली समुदायमा केन्द्रित,अस्ट्रेलियामा नेपालीहरूलाई उनीहरूको ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्‍याउन राम्रो मार्गदर्शनप्रदान गर्ने,दोस्रो पुस्ताका नेपाली अस्ट्रेलियालाई नेपल र नेपाली संस्कृतिहरूको साथ सामाजिक घटनाहरू आयोजना गरेर कनेक्ट गराउने, अष्ट्रेलियामा मायोगदान प्रदर्शन गर्न सामाजिक संगठनको साथ काम गर्ने,यी सामाजिक, संगठनात्मक र सामुदायिक प्रतिबद्धताहरू जोशीले आफ्नो कार्यकालकोअवधिमा पूरा गर्न प्रतिबद्ध जनाएका छन्।​​​

“साझा एनएनआरएनए” वास्तबमै हामी सबैको साझा अभियान हो र “सबल एनआरएनए” को प्रमूख आधार भनेकै यो अभियानलाई थपसंस्थागत गर्दै समुदाएका सबैलाई अपनत्व प्रदान गर्ने हो । यसकालागि हामी सबै मिलेर काम गर्न प्रतिबद्द छौं।एनआरएनए अभियानमारहेर समुदायको सेवागर्ने मेरो उत्कर्ष चाहनालाई साकार पार्न हजूरहरू सबैको सल्लाह, सद्भाव र अमूल्य मतको अपेक्षा गरेको टेलिफोनमार्फत राकेश जोशीले जनकारि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *